२८ भदौ २०८३, आइतबार 1789322952
समाचार

सांसद ढकालद्वारा थाई रक्षा मन्त्रि सुतिन क्लूंगसाङ्ग संग शिष्टाचार भेट


बैकक। मित्र राष्ट्र थाईल्यान्डको ३ दिने मैत्रीपूर्ण भ्रमणमा रहनुभएका संघिय सांसद एकनाथ ढकालद्वारा थाईल्यान्डका रक्षा मन्त्रि सुतिन क्लूंगसाङ्ग संग शिष्टाचार भेट गर्नु भएको छ।

रक्षा मन्त्रालयमा भएको भेटमा दुइ पक्षीय हित तथा क्षेत्रीय शान्ति र सुरक्षाको बारे कुराकानी भएको पूर्व मन्त्रि ढकालको सचिवालयले जनाएको छ। थाई रक्षा मन्त्रि सुतिन क्लूंगसाङ्ग भेट्न सांसद ढकाल धर्मपत्नी ब्लेसि गाडन संगै रक्षा मन्त्रालय पुग्नुभएको थियो। ढकाल नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष तथा प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुनुहुन्छ ।