१५ श्रावण २०८३, शुक्रबार 1785505245
Banner

दिल्लीमा आगलागी हुँदा ४ सयभन्दा बढी गाडी जलेर नष्ट

एजेन्सी-भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा ४०० भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ। उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेशनको एउटा भण्डारमा आगलागी भएको हो। आगोलागी हुँदा गाडीहरू गोदाममा राखिएको थियो ।

आगो निभाउन दमकललाई दुई घण्टा लागेको थियो । आगलागीमा परी नष्ट भएका सवारी साधनलाई स्थानीय प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको र सडक दुर्घटनामा संलग्न रहेको भन्दै नियन्त्रणमा लिएको बुझिएको छ । आगलागीको कारण भने खुलेको छैन ।