२१ कार्तिक २०८३, शनिबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 12:21 am
Banner

छोरा भेट्न नदिइएपछि भारती मानन्धरले पिइन् विष

सूचना प्रेस २०८० फाल्गुन १६ बुधबार ००:००, ०६:१६ बजे १ मिनेट पढाइ

बाँके-बाँकेको नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले छोरालाई भेट्न नदिएपछि विष सेवन गर्नुभएको छ।

नेपालगन्जस्थित एक विद्यालयमा अध्ययरत छोरालाई भेट्न उहाँ मंगलबार बिहान खाजासमेत लिएर पुग्नुभएको थियाे। तर, परिवारले भेट्न अनुमति नदिएको र भारतीले दिएको खाजासमेत छोरालाई दिन नमिल्ने जवाफ विद्यालयले दिएको खुलेको छ।

भारतीको पक्षमा न्यायका लागि आवाज उठाउँदै आएकी जश्मिन ओझाका अनुसार छोरालाई भेट्न नदिइएपछि तनावमा परेकी मानन्धरले विष पिउनु भएको हो ।

अहिले भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ। उहाँको अवस्था स्थिर रहेको बाँके प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।