२८ भदौ २०८३, आइतबार 1789344824
Banner

आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँ– घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा आज नेपाल र नेदरल्यान्ड्सबिच खेल हुने भएको छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।  शृंखलाको पहिलो खेलमा नेपाल हिजो नामिबियासँग २० रनले पराजित भएको थियो । 

नेपालले यसै वर्षको जुनमा हुने ट्वान्टी–२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को शृंखला आयोजना गरेको हो । जसमा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् ।

नेपाली टिमः 

रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भन्डारी, विवेक यादव, अनिल साह, राशिद खान, सागर ढकाल, आरिफ सेख, अभिनाश बोहरा ।