३० जेष्ठ २०८३, शनिबार 1781376569
Banner

बिजुलीको पोलले थिचेर जनप्रतिनिधिको मृत्यु

मकवानपुर । मकवानपुरमा बिजुलीको पोलले थिचेर एक जना जनप्रतिनिधिको मृत्यु भएको छ ।
 बिजुली बिस्तारका लागि गाडिएको पोल  लडेर थिँच्दा मकवानपुरको बकैया गाउँपालिका वडा  नं. ७, का वडा सदस्य रामकुमार तितुङको मृत्यु भएको हो । 

मङ्गलवार दिउँसो बिजुलीको पोल लडेर थिँच्दा तितुङको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । उनलाई उद्धार गरी हेटौँडा स्थित चुरेहिल अस्पतालमा उपचारका लागि ल्याइएकोमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भरतपुर लगिएको थियो।  

उनको उपचारको क्रममा आज बिहान भरतपुर स्थित चितवन मेडिकल कलेजमा ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।  घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।