८ मंसिर २०८१, शनिबार 1732372710
Banner

अध्यक्षसहित राष्ट्रियसभाका २० सांसद आजदेखि बिदा हुँदै, नवनिर्वाचित सदस्यको सपथ सोमबार

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा चार वर्षे कार्यकाल पूरा गरेका २० जना सांसदको कार्यकाल आज सकिँदै छ।

राष्ट्रियसभा बैठक सङ्घीय संसद भवन नयाँबानेश्वरमा बिहीबार बसेको राष्ट्रियसभाको बैठक । तस्बिरः प्रदीपराज वन्त/रासस

यसरी कार्यकाल सकिने सांसदहरूमा नेपाली कांग्रेसबाट अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजङ्ग रायमाझी, नेकपा (एमाले) बाट इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौंदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई, (नेकपा माओवादी केन्द्र) बाट विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, जनता समाजवादी पार्टी (जसपा) बाट प्रमिला कुमारी, नेकपा (एकीकृत समाजवादी) बाट नन्दा चपाइँ र सिङ्गबहादुर विश्वकर्मा, स्वतन्त्र डा खिमलाल देवकोटा तथा र मनोनित डा विमला पौड्याल हुनुहुन्छ ।

राष्ट्रिय सभामा नवनिर्वाचित १९ सांसदको शपथ ग्रहण भने सोमबार हुने संसद सचिवालयले जनाएको छ। कृष्ण सिटौलासहित १९ पदका लागि सांसद चयन भईसकेका छन् । माघ ११ गते भएको निर्वाचनबाट १९ सदस्य निर्वाचित भइसकेका छन् भने एकजना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरिएको छ । उहाँहरुको सपथ ग्रहण भने सोमबार राखिएको संसद सचिवालयले जनाएको छ ।