५ भदौ २०८३, शुक्रबार 1787295525
Banner

केपी ओलीको कपको उपाधी मछिन्द्र एफसिलाई

काठमाडौं- केपी ओली कपको उपाधि दोस्रोपटक मछिन्द्र एफसीले हात पारेको छ। शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेल पेनाल्टी सुटआउट ,टाईब्रेकरमा गएको थियो।

खेलको निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको हो। पहिलो संस्करणमा पनि मछिन्द्रले पेनाल्टिबाटै जित निकालेको थियो। मछिन्द्रका लागि सनिस श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन बिनोङ, क्रिस्टोभर चिजोभा, देवेन्द्र तामाङले गोल गर्नुभयो।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।