२९ भदौ २०८३, सोमबार 1789380598
Banner

‘मिसन-८४’ लाई केन्द्रित गरी काम गर्न एमाले उपाध्यक्ष पौडेलको निर्देशन

धनुषा । नेपाल कम्प्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले ‘मिसन-८४’ लाई ध्यानमा राखेर काम गर्न पार्टीका नेता तथा कार्यकतालाई निर्देशन दिनुभएको छ । 

आज मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा रहेको क्षीरेश्वर जनता उच्च माविको खेल मैदानमा आयोजित प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनमा उहाँले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले मधेसको विकास र समृद्धिका लागि काम गरेको समेत स्मरण गर्नुभयो । 

उहाँले पार्टीको झुलाघाट-चिवाभञ्ज्याङ यात्राका क्रममा नागरिकले एमालेप्रति असाधारण आशा, भरोसा र विश्वास देखाएको भन्दै त्यसलाई महत्वपूर्ण पुँजीको रूपमा ग्रहण गर्दै पार्टी अघि बढेको उल्लेख गर्नुभयो । देशलाई सुख, शान्ति र समृद्धिको यात्रामा अघि बढाउन एमाले नेतृत्व आवश्यक भएको उहाँको भनाइ थियो ।