२१ कार्तिक २०८३, शनिबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 2:59 am
Banner

प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

सूचना प्रेस २०८० फाल्गुन २८ सोमबार ००:००, १३:०० बजे १ मिनेट पढाइ

काठमाडौँ– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा बैठकमा लिने विश्वासको मतको विपक्षमा मतदान गर्न दलका सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको फागुन ३० गते बस्ने बैठकमा अनिवार्य उपस्थित भइ प्रधानमन्त्री दाहालले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।

प्रधानमन्त्री दाहालले काङ्ग्रेससँगको गठबन्धन तोडेर एमालेसहितका दलहरूसँग सहकार्य गरेपछि विश्वासको मत लिने तयारी गरेका छन् । पुनर्गठित नयाँ गठबन्धनमा माओवादीसहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र एकीकृत समाजवादी रहेका छन् ।