२१ कार्तिक २०८३, शनिबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 2:59 am
Banner

गृह सचिवमा एकनारायण अर्याल

सूचना प्रेस २०८० फाल्गुन २८ सोमबार ००:००, २०:०१ बजे १ मिनेट पढाइ

काठमाडौं। सरकारले गृह सचिवमा एकनारायण अर्याललाई सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दिनेश भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा पठाएर अर्याललाई गृहमा सरुवा गरेको हो।

यसअघि अर्याल प्रधानमन्त्री कार्यालयमा थिए। अर्याल गृह प्रशासन बुझेका कर्मचारीको रूपमा चिनिन्छन्। सत्ता गठबन्धन परिवर्तन भएसँगै सरकारले सचिव परिवर्तन गरेको हो।