५ आश्विन २०८३, सोमबार 1790047697
Banner

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौं-राष्ट्रियसभा अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार नारायण प्रसाद दाहाल निर्वाचित हुनुभएको छ। मंगलबार भएको अध्यक्ष पदको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल निर्वाचित हुनुभएको हो।

मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।

यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गर्नुभयो।

दाहाललाई सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्रसहित, एमाले, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको थियो ।