२७ भदौ २०८३, शनिबार 1789241363
Banner

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने

काठमाडौँ-नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत दिने बताउनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय छलफलमा भाग लिँदै उहाँले राजनीतिक स्थायित्व र सुशासनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउनभुयो।

अध्यक्ष श्रेष्ठले चार सिटको साना राजनीतिक दलहरुले पनि विश्वासको मत दिन लागेको जानकारी गराउँदै उदीयमान साना दलहरुको मतको उचित प्रयोग गर्न सुझाव पनि दिनुभयो।