८ मंसिर २०८१, शनिबार 1732373283
Banner

पूर्व उपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दायर

काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

सुन तस्करीमा संलग्न रहेको भन्दै त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १ अर्ब, ४० करोड बिगो र ५ वर्ष कैद सजायको मागसहित गुरुङविरुद्ध मुद्दा दायर गरेको हो।

गुरुङ १४ किलो सुन तस्करीमा संलग्न रहेको भन्सार कार्यालयले दायर गरेको अभियोगमा उल्लेख छ।