४ भदौ २०८३, बिहिबार 1787246127
Banner

दीपक मनाङे भौतिक पूर्वाधार मन्त्री नियुक्त

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। उनले राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री बनाएका हुन्।

मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी दिएका छन्। उनले एकीकृत समाजवादी पार्टी त्याग गरी स्वतन्त्र हैसिय रहेको दाबी गरेका छन्। यसअघि माओवादी केन्द्रकी रेशम जुग्जाली भौतिक पूर्वाधार मन्त्री थिए। संघमा गठबन्धन फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेका  थिए।

उनी मनाङको प्रदेशतर्फ (२)बाट विजयी भएका थिए। निर्वाचित भएलगत्तै उनी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।

त्यस्तै मुख्यमन्त्री पाण्डेले कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन्।