१५ श्रावण २०८३, शुक्रबार 1785508493
Banner

प्रधानमन्त्रीले आज सांसदको प्रश्नको जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै छन्।

प्रतिनिधिसभा बैठकको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। यही बैठकमा प्रधानमन्त्रीले सांसदले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने भएका हुन्। यसका लागि संसद् सचिवालयमा सांसदले पहिले नै प्रश्न टिपाइसकेका छन्।

राष्ट्रिय सरोकारका विषयमा प्रत्येक महिना पहिलो साता प्रधानमन्त्रीको प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गर्ने प्रतिनिधिसभा नियमावलीमा उल्लेख छ । प्रधानमन्त्रीसँग प्रश्नोत्तरअन्तर्गत संसद् सचिवालयबाट स्वीकृत प्रश्न मात्रै सांसदले प्रधानमन्त्रीलाई सोध्न पाउने प्रावधान छ।

प्रधानमन्त्रीले यसअघि फागुन ६ गते सांसदले राखेका प्रश्नको जवाफ दिएका थिए।