६ भदौ २०८३, शनिबार 1787424056
Banner

जसपाका मन्त्रीले लिए सपथ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले जसपाबाट मन्त्री बनेका प्रदीप यादव र प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यमन्त्रीमा नियुक्त भएकी हसिना खानलाई सपथ खुवाएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै । तस्बिर : प्रदीपराज वन्त / रासस

यादव स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाएका छन् भने खानले राज्यको जिम्मेवारी पाएकी छन्। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीबाट राजीनामा दिएका थिए। उनले राजीनामा दिएलगत्तै जसपाले उनीहरूको नाम सिफारिस गरेको थियो।