४ आश्विन २०८१, शुक्रबार 1726846644
Banner

कार्यादेश टुङ्गोमा पुर्‍याउन शीर्ष नेता बैठकमा बस्दै

काठमाडौँ : सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आज बैठक बस्ने भएको छ । हिजोको बैठकमा उक्त विषयमा टुङ्गो लाग्न नसकेपछि बैठक आइतबार बस्ने तय भएको हो ।

;+;b\ ;~rfng;DaGwL a}7s sf7df8f}F,@$ c;f/M k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú g]sf ;efklt tyf k”j{ k|wfgdGqL z]/axfb’/ b]pjf / g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL cfOtaf/ l;+xb/af/df ;+;b\ ;~rfng ug]{ ljifodf a;]sf] a}7s . tl:a/M k|bLk/fh jGt÷/f;;

कार्यादेशमा टुङ्गो लाग्न सहमति जुट्न नसकेपछि बैठक पुनः आइतबार बस्ने सहमति भएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो । हिजोको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत सहभागी हुनुहुन्थ्यो ।

सहमहामन्त्री परियारले छलफल सकारात्मक भए पनि टुङ्गोमा पुर्याउने बाँकी काम आइतबार शीर्ष नेताबीचको बैठकले गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारी सञ्चालकहरू, गोर्खा मिडिया नेटवर्कलगायतका कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारेसमेत छानबिन गरिनुपर्छ भन्ने कुरा उठायौँ । त्यो कुरामा सहमति हुन सकेन ।”