२८ भदौ २०८३, आइतबार 1789280506
Banner

प्रतिनिधिसभामा आज गृह, अर्थ र शिक्षामन्त्रीले प्रश्नको उत्तर दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सोमबार प्रश्नोत्तरको कार्यसूची छ। बिहान ११ बजे बस्ने बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी सांसदहरूको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘लोक सेवा आयोगको ६४ औँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। यस्तै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक, २०८० समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नेछन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ दफावार छलफलका लागि प्रस्ताव गर्नेछन्।

यस्तै ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ मा प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।