३ आश्विन २०८१, बिहिबार 1726803578
Banner

प्रत्यक्ष भेटेर भन्दा म्यासेन्जरमा बधाइ दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई डिजिटल माध्यमबाट बधाइ दिन आग्रह गर्नु भएको छ । सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले डिजिटल माध्यमबाट बधाइदिंदा समयको पनि बचत हुने बताउनुभएको छ । उहाँले भेटमा खादा र मालाको प्रयोग नगर्न पनि आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ :
विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा र माला प्रयोग नगर्न अनुरोध गर्छु।