२३ कार्तिक २०८३, सोमबार Monday, 9 November 2026
हामीलाई पछ्याउनुहोस्
२३ कार्तिक २०८३, सोमबार 3:05 pm
राजनीति

पूर्वडीआईजी जोशीलाई थप ७ दिन थुनामा राख्न अनुमति

सूचना प्रेस २०८१ आश्विन ११ शुक्रबार ००:००, १७:२१ बजे १ मिनेट पढाइ

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन  थुनामा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।

असोज ६ गते काठमाडौँबाट पक्राउ परेका जोशीलाई पोखरा पुर्याएर अनुसन्धान भइरहेको छ। असोज ७ गते अदालत लगिएको थियो भने अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।  अदालतले दोस्रोपटक सात दिनको अनुमति दिएको हो ।  उनको बयान चलिरहेको छ।