३० आश्विन २०८१, बुधबार 1729089414
शिक्षा /स्वास्थ्य

म्याग्दीको रुममा स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी : मालिका गाउँपालिका–२ चिमखोला गाउँमा सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएको छ । सङ्घीय सरकारको अनुदानमा मालिका गाउँपालिकाले रु दुई करोड ६४ लाख १४ हजार दुई सय ६२ को लागतमा उक्त भवन निर्माण गरेको हो ।

हाल कच्ची भवनको साँघुरो कोठाबाट सेवा प्रवाह हुँदै आएको स्वास्थ्यचौकी चाँडै सुविधासम्पन्न भवनमा सारिने मालिका गाउँपालिका–२ का वडाध्यक्ष उदयबहादुर बुढाथोकीले बताउनुभयो ।