२३ कार्तिक २०८३, सोमबार Monday, 9 November 2026
हामीलाई पछ्याउनुहोस्
२३ कार्तिक २०८३, सोमबार 11:48 am
Banner

राप्रपाद्वारा मन्थलीका बाढीपीडितहरूलाई राहत सामग्री वितरण

सूचना प्रेस २०८१ आश्विन २० आइतबार ००:००, ०९:०८ बजे १ मिनेट पढाइ

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–१० मन्थलीमा बाढीपीडितहरूलाई राहत सामग्री वितरण गरिएको छ । राप्रपा मकवानपुर जिल्ला कार्यसमितिले भाँडाकुँडा, त्रिपाल, म्याट, बालबालिकाका लागि कपडा, पानी जार, विद्यार्थीहरूलाई झोलालगायतका सामान दिएको हो ।

उक्त राप्रपा मकवानपुरबाट ८० घर परिवारलाई सामग्री वितरण भएको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताइन् । असोज ११–१२ गतेको बाढीले बकैया गाउँपालिका वडा नम्बर १० मन्थलीमा ८० घर बगाएको छ । उक्त घरहरू भएका स्थानमा खोला बगिरहेको छ ।