१० कार्तिक २०८१, शनिबार 1729973377
समाचार

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिराहा, सिराहा नगरपालिका-१० घर भई काठमाडौँ महानगरपालिका-३१ मध्यबानेश्वर बस्ने २८ वर्षीय मनोज काफ्लेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

मनोजले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद ७ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ मध्य बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।