३ मंसिर २०८१, सोमबार 1731950360
राजनीति

कोशी नाम लेख्ने कार्यालय प्रमुखलाई कारबाही गर्ने घोषणा

विराटनगर । विभिन्न १२ वटा पहिचानवादी सङ्घ संस्थाले कोशी नाम खारेजको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनीहरूले केही उग्र कार्यक्रम पनि घोषणा गरेका छन् । उनीहरूले यसअघि जस्तै ८५ जना सांसदलाई निषेध गर्ने, सांसदका नातागोतालाई हस्ताक्षर फिर्ता लिन दबाब दिने लगायतका कार्यक्रम घोषणा गरेको छ ।