३० भदौ २०८३, मंगलबार 1789479867
Banner

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका प्रतिनिधिमण्डल तथा एजेन्डाबारे निर्णय गर्ने सम्भावना छ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन प्रस्थान गर्ने तयारी भए पनि यसको औपचारिक निर्णय गर्न बाँकी छ।

भ्रमण तालिका अनुसार  १८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन्। सोही क्रममा दुई देशबिच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर समेत हुने बताइएको छ।