७ जेष्ठ २०८३, बिहिबार 1779385542
Banner

विवाहपञ्चमी महोत्सव हेर्न २० लाख बढी दर्शनार्थीहरु सहभागी

धनुषा- श्री सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाहमण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको समयमा हजारौँ श्रद्धालुको सहभागिता रह्यो ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवका अनुसार यस पटक विवाहपञ्चमी महामहोत्सवमा करिब २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी भए । त्रेतायुगको झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्नका लागि नेपाल, भारत र तेस्रो मुलुकबाट हजारौँ दर्शनार्थीहरू जनकपुरधाम आइपुगेको हो ।

सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवमाको मुख्य दिन आज जनकपुरधामस्थित जानकी मन्दिरमा विवाह विधि हेर्न भक्त्तजनको घुइँचो। 

यस पटक प्रत्येक ५ वर्षमा अयोध्याबाट आउने जन्ती पनि आएका छन् । अयोध्याबाट रामजन्म भूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत राय, अयोध्याका प्रमुख गिरिशपति त्रिपाठी, विश्व हिन्दू परिषद् केन्द्रीय मन्त्री राजेन्द्र सिंह पङ्कज सहितका व्यक्ति जन्तीमा आएको छ ।

जकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको प्रत्येक वर्ष आयोजना हुनेगर्छ । वैवाहिक कार्यक्रमका लागि छोरीको बिहेका लागि जसरी मण्डप सजाइन्छ ठीक त्यसरी नै रामजानकी विवाहका लागिसमेत मण्डप सजाएको छ ।

जनकपुरधामस्थित रहेको जानकी मन्दिरलाई मिथिला दरबारका रूपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारका रूपमा लिइन्छ । जानकी मन्दिर तथा राम मन्दिरलाई बेहुली झैँ विवाहपञ्चमीका लागि सिङ्गारिएको छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले छोरी बिहेको आयोजन गरिरहेको जस्तै अनुभव गर्ने गरेको बताउनुभयो ।

विवाह पञ्चमीमा रथयात्रा
सुनसरी, २१ मङ्सिरः सुनसरीको इनरुवा नगरपालिका–४ स्थित रामजानकी गुठी संस्थाले विवाह पञ्चमीका अवसरमा शुक्रबार आयोजना गरेको रथयात्रा । 

महन्त दासका अनुसार बिहेमा माता सीताको पिता राजा जनकको भूमिकामा हुन्छ । यता राम मन्दिरका महन्त बाबा राम गिरि पनि राजा दशरथको भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्दैनन् । उहाँले भन्नुभयो, “सीताजस्तो बुहारी पाउने भएपछि हर्ष विभोर हुनु स्वाभाविक नै हो ।”

त्रेतायुगमा अयोध्यानरेश दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान् श्री राम र मिथिलाका शिरध्वज राजर्षि जनककी पुत्री माता जानकीको विवाह भएको स्मरणमा साताव्यापी रूपमा मनाइने विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन विधि गरिन्छ । जसमा राम लक्ष्मणको प्रतीक स्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाममा नगरदर्शन गराइन्छ ।

जानकी मन्दिरमा भक्तजन
सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवमाको मुख्य दिन आज जनकपुरधामस्थित जानकी मन्दिरमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र जनकनन्दिनी माता सीताको प्रतिकात्मक वैवाहिक कार्यक्रम हेर्ने भक्तजनहरुको घुइँचो । 

विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लिला हो । फूलबारी लीलामा राम जानकीको पहिलो भेट गराइन्छ । त्रेतायुगमा भगवान रामको पहिलो भेट भारतको गिरिजा स्थानमा रहेको गिरिजा माई मन्दिरको प्राङ्गणमा रहेको फूलबारीमा भएको जानकार डा राजेन्द्र विमल बताउँछन् ।

यो विधि जानकी मन्दिरकै छेउमै रहेको विवाहमण्डपको फूलबारीमा गर्ने गरिन्छ । तेस्रो दिन धनुष यज्ञ सम्पन्न हुन्छ । माता सीताले शिवजीको पिनाक धनुषलाई बायाँ हातले उठाएर लिपपोत गरेको देखेर राजा जनक यो धनुषमा प्रत्यंचा चढाउन सक्ने वीर पुरुषसँगै आफ्नो छोरीको बिहे गरिदिने वचन लिएर धनुष यज्ञको आयोजन गरिएको अर्का जानकार संस्कृतविद् एवं पण्डित मुकेश प्रतिहस्तले बताउनुभयो ।