२७ आश्विन २०८३, मंगलबार 5:50 pm
Banner

राजस्व परिचालन क्षमता सुधारमा संर्घषरत छौँ : अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व परिचालन क्षमता सुधारमा प्रयासरत रहेको बताएका छन् । थाइल्यान्डको राजधानी बैंककमा आयोजित एसिया प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालजस्ता अल्पविकसित देशहरू राजस्व क्षमता परिचालन सुधारमा केन्द्रित रहेको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले भने, ‘बजेट योजना, स्रोतको परिचालन, प्रभावकारी परियोजना कार्यान्वयन, खर्च व्यवस्थापन लगायत क्षेत्रमा पनि अल्पविकसित देश संर्घषरत छन् ।’ मन्त्री पौडेलले डिजिटल कारोबारलाई करको दायरामा ल्याउनका लागि कर प्रशासनको सुधारमा पनि केन्द्रित भएको बताएका छन् । पौडेलले विश्वव्यापी रूपमा देखिएको आर्थिक असमानता, बढ्दो ऋणभार, महँगी लगायतका मुद्दालाई सामूहिक प्रयासबाट पार लगाउनुपर्ने धारणा राखे ।