३ पुस २०८१, बुधबार 1734533534
Banner

लोकप्रिय बन्दै नबिलको ‘नबिल प्रिमियम नारी बचत खाता’

काठमाडौँ । बैंकिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नबिल बैंकले सञ्चालनमा ल्याएको ‘नबिल प्रिमियम नारी बचत खाता’ लोकप्रिय बन्दै गएको छ ।

ग्राहकको मेहनतको कमाइमा उच्चतम प्रतिफल दिने सोचअनुरुप ब्याज प्राप्त हुने भएपछि नारी बचत खाता लोकप्रिय बन्दै गएको बैंकले जनाएको छ । देशभर २६८ वटा शाखाबाट बैंकिङ सेवा दिँदै आएको नबिलले ल्याएको नबिल प्रिमियम नारी बचत खाता’प्रति ग्राहकको विशेष चासो देखिन्छ ।

सामाजिक उत्तरदायी बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंक बैंकिङ क्षेत्रबाट राज्यलाई सबैभन्दा बढी कर बुझाउने बैंकमा पर्छ । नबिल बैंकले महिलाका लागि विशेष योजनासहित सुरु गरेको ‘नबिल प्रिमियम नारी बचत खाता’प्रति महिला ग्राहक सन्तुष्ट मात्र होइन आकर्षण नै बढेको देखिन्छ ।

महिला सशक्तीकरणमा लोकप्रिय योजना चार दशकदेखि बैंकिङ सेवा दिँदै आएको नबिल बैंकले समय र आवश्यकताको आधारमा विभिन्न योजना ल्याउने गरेको छ । नबिल प्रिमियम नारी बचत खाता पनि समय सान्दर्भिक भएकै कारण लोकप्रिय बनेको हो । महिलालाई नै लक्षित गरी विभिन्न नाममा सुविधा दिँदै आएको नबिलले नबिल प्रिमियम नारी बचत खाता नामबाट समय सान्दर्भिक सेवा दिएको बैंकले जनाएको छ । यो खाता खोल्दा बैंक स्टेटमेन्ट, चेक बुक, ब्यालेन्स सर्टिफिकेट निःशुल्क उपलब्ध हुनेछ भने भिजा डेबिट कार्ड र मोबाइल बैंकिङ पनि पहिलो वर्ष निःशुल्क गरेको बैंकले जनाएको छ । नबिल बैंकले लकर शुल्कमा २५ प्रतिशत छुट दिएको छ । साथै क्रेडिट कार्ड लिन चाहने ग्राहकलाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । यो खाता खोल्न कम्तिमा ५ हजार बचत गर्नुपर्ने हुन्छ ।

ग्राहकलाई एकपछि अर्को सुविधा दिन नहिच्किचाउने नबिल बैंकले विदेश पैसा पठाउन अर्थात् रेमिट्यान्समा पनि ५० प्रतिशत छुट दिएको बैंकले जनाएको छ । महिलाको सशक्तीकरणका लागि बैंकले विभिन्न योजना ल्याउने गरेको छ । नबिल प्रिमियम नारी बचत खातामात्रै दुई लाखभन्दा बढी महिला ग्राहक रहनुले पनि यो योजना लोकप्रिय बनेको सजिलै अनुमान लगाउन सकिन्छ । यो खातामा बचत गर्नेलाई ३ प्रतिशत ब्याज उपलब्ध गराए पनि बजारको उत्तरचढापसँगसँगै बढ्ने र घट्ने बैंकको भनाइ छ ।

बीमा सुविधा
यस खाताअन्तर्गत प्राणघातक रोग र आवधिक बीमा भन्ने दुईवटा इन्स्योरेन्स सुविधा बैंकले दिँदै आएको छ । प्राणघात रोग बीमाअन्तर्गत १३ प्रकारका प्राणघातक रोगलाई सुविधा दिएको छ । परीक्षण सुरु गरेलगत्तै तीन लाख रुपैयाँ दाबी गर्न सक्नेछन् । तर, यसका लागि खातामा कम्तीमा ५० हजार रुपैयाँ हुनुपर्ने शर्त छ । यो सुविधाबाट बैंकले वार्षिक १ करोड ५० लाखभन्दा बढी दिँदै आएको छ । कुनै पनि ग्राहक पैसा नभएर उपचारबाट बन्चित नहुन् भन्नका लागि प्राणघातक रोग बीमा ल्याएको जनाएको बैंकले रोग लागेमा तुरुन्तै उपचारका लागि पैसा दिने बताएको छ ।

नबिल बैंकले हाल २६८ वटा शाखाहरू, ३१७ वटा एटिएम र २४ लाख भन्दा बढी सेवाग्राहीलाई देशव्यापी रुपमा सेवा प्रदान गदै आइरहेको छ ।