२५ श्रावण २०८३, सोमबार 1786383900
समाचार

बाजुरा भूकम्प अपडेट : रास्कोटमा चर्किए घर

सुर्खेत । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर गएको ५ दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्पका कारण रास्कोटमा घरहरु चर्किएका छन् । कालिकोट जिल्लाको रास्कोट नगरपालिका अन्तर्गत वडा नं ३ र ४ का केहि बस्तीमा रहेका घरहरु  चर्किएका हुन् ।  शनिबार बिहान ४ बजेर १४ मिनेटमा आएको भूकम्पका कारण  वडा नं.३ र ४ का केही टोलहरुमा क्षती पुर्‍याएको छ ।

त्यस्तै वडा नं. ३ का अलि कुमाल ४ का खेमराज संन्ज्याल मन बहादुर शाही , नमराज शाही, बर्ज सुनारको घरहरु चिराचिरा भएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख टेकबहादुर शाहीले  भौतिक क्षतिबारे विवरण सङ्कलनको काम भइरहेको बताए ।  ‘हामीले सबैतिर आफै फोन गरेर बुझ्ने काम गरिरहेका छौँ,’ उनले भने ।