काठमाडौं । मनोज ज्ञवाली नबिल बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा बढुवा भएका छन् । उनी आइतबारदेखि सिनियर डिसिओमा बढुवा भएका हुन् । बैंकको सञ्चालक समितिले उनलाई गत २६ तारिखमा बढुवा गरी आईतबार पत्र दिएको हो ।
२०७७ सालमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएपछि उनी नबिल बैंकमा जोडिएका थिए । त्यसबेला ज्ञवाली नबिल बैंकको नायब महाप्रबन्धक डीजीए नियुक्त भएका थिए । उनले दी इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्स अफ इण्डिया (आइसीएआई)बाट सिए उत्तिर्ण गरेका छन् ।