४ जेष्ठ २०८३, सोमबार 1779144628
Banner

सबै समुदायलाई संस्कार र संस्कृतिको स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा लोकतन्त्र प्राप्तिपछि विभिन्न जातजाति र समुदायले आआफ्ना संस्कार र संस्कृतिको स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त भएको बताउनुभएको छ ।

तमु ल्होसारः जातीय वेशभूषामा नृत्य गर्दै गुरुङ समुदाय काठमाडौँ, १५ पुसः तमु ल्होसारको अवसरमा आज काठमाडौँमा आयोजित र्‍यालीमा सांस्कृतिक पहिचान झल्कने जातीय वेशभूषा, गरगहनामा नृत्य गर्दै गुरूङ समुदाय । तमु ल्होसार गुरुङ समुदाय मुख्य चाडको रुपमा मनाउने गर्दछन् । तस्बिरः रत्न श्रेष्ठ÷रासस

तमु ल्होसार मुल आयोजक समितिद्वारा आज टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्वसको उद्घाटन गर्दै उहाँले बहुजाति र बहुभाषी नेपाली समाजमा प्रजातान्त्रिक व्यवस्था प्राप्तिसँगै स्वतन्त्रतापूर्वक आफ्नो पहिचानलाई सुरक्षित र समृद्ध तुल्याउने मौका मिलेको बताउनुभयो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “नेपालको पहिचान र अमूल्य निधिका रूपमा रहेको विभिन्न जातजातीका भाषा, वेशभूषा, रितिरिवाज, रहनसहन तथा संस्कार र संस्कृतिलाई वर्तमानमा सक्रियताका साथ जोगाउने र भविष्यका सन्ततीलाई हस्तान्तण गर्न आवश्यक छ ।”

sf7df8f}F, !% k’;M td’ Nxf];f/sf ;xefuL td’ Nxf];f/sf cj;/df sf7df8f}Fdf u’?ª /fli6«o kl/ifb s]G›Lo sfo{;ldltn] cfh cfof]hgf u/]sf] sfo{qmd:yntkm{ k/Dk/fut hftLo kf];fsdf ;lhP/ hfFb} o’jtLx? . tl:a/M xl//fd e]6’jfn÷/f;;

ठूलो त्याग र बलिदानबाट प्राप्त अधिकारलाई सुरक्षित र सम्वर्द्धन गर्न समाजका सबै पक्षले अरूलाई अप्ठ्यारो नपर्ने ढङ्गबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले महोत्सवले तमू समुदायको कला, संस्कृति, पहिचान कायम राख्न अत्यन्तै जागरूक हुनुहुन्छ भन्ने स्पष्ट पारेको धारणा राख्नुभयो । सो अवसरमा पूर्वमन्त्रीत्रय देवप्रसाद गुरूङ, सीता गुरूङ, पार्वत गुरूङलगायतले कला, संस्कृति, वेशभूषा, नाचगान, चार्डपर्व मनाउने हिसाबले नेपालमा गुरूङ समुदाय समृद्ध रहेकाले यसको संरक्षण र सम्वर्द्धनमा सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । त्यस अवसरमा गुरूङ समुदायबाट समाजका विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गरियो । नेपालमा पछिल्लो जनगणनाअनुसार गुरूङ समुदायको जनसङ्ख्या पाँच लाख ४५ हजार सात सय ९१ रहेको छ । आदिवासी जनजाति समुदायका रूपमा रहेको गुरूङ समुदाय जल, जङ्गल र जडिबुटीसँग संरक्षण र सामिप्यमा रहने विश्वासिलो र सहासिक जातिका रूपमा विश्वभर पहिचान स्थापित छ ।

तमु ल्होसारका अवसरमा काठमाडौँमा गुरुङ राष्ट्रिय परिषद केन्द्रीय कार्यसमितिले आज आयोजना गरेको कार्यक्रमस्थलतर्फ परम्परागत जातीय पोसाकमा सजिएर जाँदै युवतीहरु । तस्बिरः हरिराम भेटुवाल/रासस

गुरूङ समुदायको गण्डकी प्रदेशमा बाक्लो बसोबास रहेको छ । गुरूङ समुदायको रोदीलाई समुदाय चलाउने र ज्ञानको स्तर बढाउने महत्त्वपूर्ण संस्कार र संस्कृतिका रूपमा लिने गरेको पाइन्छ । उक्त समुदायले यस वर्षलाई गरूडको बिदाइ र सर्पको स्वागत गर्दै मनाएका छन् । संविधानमा व्यवस्था भएअनुसार गुरूङ समुदायले आफ्नो भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता प्रदान गरी व्यावहारिक रूपमा कार्यान्वयन गर्न माग गर्दै आएको छ ।

तमु ल्होसारका अवसरमा तनहुँको दमौलीमा सोमबार निकालिएको सांस्कृतिक झॉकीमा पाउदुरे नृत्य प्रस्तुत गरिँदै । गुरुङ समुदायले तमु ल्होसार विविध कार्यक्रमका साथ मनाउँदैछन् । तस्बिरः कृष्ण न्यौपाने/रासस

तमु ह्युल छोज धिं गुरूङ राष्ट्रिय परिषद्का अध्यक्ष कर्णबहादुर गुरूङले संसारभर नै सहासिक जातिका रूपमा पहिचान स्थापित गरेको गुरूङ समुदायको चाडपर्व, भाषा तथा संस्कृतिको संरक्षमा सरकारलाई विशेष ध्यान पुर्‍याउन आग्रह गर्नुभयो । महोत्सवका अवसरमा गुरूङ जातिको पहिचान, वेशभूषा र संस्कृति झल्कने झाँकी प्रस्तुतिका साथै समुदायको पहिचान र परिचय दिने १०० बढी खानपिनसहितको प्रदर्शन कक्षको व्यवस्था गरिएको छ ।