काठमाडौं । सरकारले सशस्त्र प्रहरीका चार जना डीआईजीको पदावधि थप गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरु शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडा मगर र कुलबहादुर नेम्वाङको एक वर्ष पदावधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सशस्त्र प्रहरी नियमावलीले डीआईजी दर्जामा बढुवा भएका भएका अधिकृतको चार वर्षे कार्यकाल पूरा भएपछि एक वर्षको थप अवधि पाउने सुविधा दिएको छ । सोही आधारलाई टेकेर मन्त्रिपरिषद्ले निर्णय गरेको बताइएको छ ।