२९ भदौ २०८३, सोमबार 1789422934
Banner

देशभरका रंगशाला निर्माण सरकारको प्राथमिकतामा : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न शहरमा रंगशाला निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेर गरिरहेको बताएका छन्। बुधबार सामाजिक सञ्जालमा कर्णाली रंगशाला निर्माणको काम अन्तिम चरणमा रहेकोबारे जानकारी गराउँदै उनले यस्तो दाबी गरेका हुन्।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘वीरेन्द्रनगर शहर सुर्खेतमा कर्णाली रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ। देशका विभिन्न शहरमा रंगशाला निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको छ।’