१६ असार २०८३, मंगलबार 1782872732
राजनीति

एमाले संसदीय दलको बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । मंगलबार दिउँसोदेखि सङ्घीय संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो।  बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन सुरु गरेका छन् ।

सम्बोधनका क्रममा ओलीले संसदमा पार्टीले खेल्नुपर्ने भूमिकाका साथै संविधान संशोधनका विषयमा आफ्नो धारणा राखिरहेका छन् । यस्तै उनले जलपायु परिवर्तनका मुद्दाहरुलाई पार्टीले प्रमुखताका साथ अघि बढाउने पनि बताए ।