
नारी
नारी तिमी के फुल मात्र हौ र जो कोहिले टपक्क टिपेर शिरमा लगाउने
नारी तिमी के सौन्दर्यकी खानी मात्र हौ र जसले पनि लगेर जीवनमा सजाउने
नारी तिमी के मनोरन्जनको माध्यम मात्र हौ र तिम्रो साथ पाए पछि दुनिया खुशीसंग रमाउने
नारी तिमी के असर्फि मोतिको दाना मात्र हौ र तिमीलाई बन्धक राखी ऐश्वर्य कमाउने !
नारी तिमी सरस्वति पनि त हौ सबैलाई ज्ञान दिलाउने
नारी तिमी लक्ष्मी पनि त हौ तिमी साथ हुंदा जीवन पवित्र बनाउने
अब तिमी चन्डिका पनि बनन, तिमी माथिको प्रहार दुव्यवहार निश्फल बनाउने
अब तिमी महाकाली पनि बनन, दुस्ट राक्षशहरुको एक एक बध गराउने !
तिमी सहन्छौ कति तिमीलाई चोटै चोटले
घायल बनाँउदा पनि मुुसुक्क हाँसेर हिड्छेउ
तिमी अब रुन्छौँ कति पिडै पिडामा रहेर पनि
केहि नभए जसरी सबैको मुस्कान बनिदिन्छेउ !
तिमी भित्र पनि त कति छन होला ति पिडा र बेदना
कति संघर्ष गरेकी छौ ति गुम्सिएका पिर व्यथा सहन
तिमी पनि त मानव हौ नि त किन फरक देख्छ समाजले
आफु भित्रको हिम्मत बलियो बनाई बाच्न दिन्न तमाजले !
सियो मेसिन औजार उठाउने ति तिम्रा हात
हिम्मत बटुली जिवन गुजरा गर्छेउ नपाए पनि कसैको साथ
बलियो गरि बसाईदिएछन ईश्वरले कहिल्यै नदुख्ने तिम्रो माथ
आफ्नो जिम्मेवारी पुरा गर्छेउ भन्दिनौ दिन र रात !
तिमी भित्र अथाह शक्ति छ नारी तिमीले किन खोजीनौ
शान्तिको दिप ज्योति तिमी नै हौ नारी तिमीले किन बुझिनौ
दियो बालि अरुलाई प्रकाश पार्छेउ तिमीले किन आफुमा उज्यालो पारीनौ
म पनि केहि गर्न सक्छु भनि आँट गरि पाईला किन अगाडि सारिनौ !
ए नारी धेरै ढिलो भै सक्यो तिमी अब ब्युझ है
पछि आउने भावी सन्तती नारीलाई नयाँ इतिहास रच्नु छ
नारी शक्त्ति र भक्त्तिको बेद रचि भावी पुस्तालाई सुम्पनु छ
नारी शक्त्ति र भक्त्तिको बेद रचि भावी पुस्तालाई सुम्पनु छ !!
झरना के.सी.
योग प्रशिक्षक