काठमाडौं । काठमाडौँस्थित भारतीय राजदूतावासद्धारा गल्फ प्रतियोगिता सम्पन्न गरेको छ ।

गोकर्ण फरेस्ट रिसोर्टमा राजदूत आमन्त्रित गल्फ प्रतियोगिता २०२५ को आयोजना गर्यो। उक्त कार्यक्रममा परिचित गल्फरहरू र सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरू र गल्फप्रेमीहरूको उपस्थिति थियो।

राजदूत नवीन श्रीवास्तवले पुरस्कार विजेताहरूको र सबैको उत्साहजनक सहभागिताको प्रशंसा गर्नुभयो। वहाँले यस्ता खेलकुद कार्यक्रमहरू मार्फत भारत र नेपालको सम्बन्धलाई बलियो बनाउने र नेपालको गल्फ समुदायलाई निरन्तर उत्प्रेरित गर्ने इच्छा व्यक्त गर्नुभयो।

नेपालको गल्फ समुदायमा युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्नको लागि राजदूतले यस अवसरमा दुई आशाजनक गल्फरहरूलाई १ लाखको चेक पनि प्रदान गर्नुभयो।


