२२ श्रावण २०८३, शुक्रबार 1786088688
Banner

प्रिसा मृत्यु प्रकरणबारे बोल्यो भारतीय विदेश मन्त्रालय

काठमाडौं, १९ बैशाख । भारतको ओडिसास्थित केआईआईटी कलेजमा नेपाली छात्रा प्रिसा साह मृत भेटिएको प्रकरणमा भारतीय विदेश मन्त्रालयले मुख खोलेको छ । आज मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको हो ।

यस्तै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको पनि विदेशमन्त्रायले जानकारी दिएको छ । मन्त्रालयले घटनाको जानकारी आएदेखि नै मन्त्रालय ओडिसा राज्य सरकारसँग निन्तर सम्पर्कमा रहेको उल्लेख गरेको छ ।

ओडिसा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग गरेको र राज्य प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको मन्त्रालयको भनाइ छ।

‘विदेश मन्त्रालयले यस दुःखद घटनाको जानकारी पाएदेखि नै ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ,’ विज्ञप्तिमा भनेको छ, ‘ओडिसा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ र ओडिसा प्रहरीले हाल घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।’