१५ बैशाख २०८३, मंगलबार 1777392642
फिचर

दशैंमा टीका लगाउँदा महिला र पुरूषलाई दिइने आर्शिवादको अर्थ

काठमाडौं । आज नवरात्रिको अन्तिम दिन । भोलि दसैँको टीका ग्रहण गर्ने दिन, अर्थात् विजया दशमी ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले भोलि विहान ११:५३ लाई टीका ग्रहण गर्ने उत्तम साइत तय गरेको छ ।

विजया दशमीको टीकाका निम्ति फरक फरक आशिर्वाद हुन्छन् । श्रीमद्भागवत गीतामा उल्लेख भएकामध्ये पुरुष र स्त्रीलाई टीका ग्रहणका क्रममा फरक फरक आशिष दिने गरिन्छ ।

पुरुषलाई

आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते ।

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

नेपाली अर्थ

द्रोण पुत्र अस्वत्थामाको जस्तो आयु होस्,

राजा दशरथको जस्तो कृति होस्,

शत्रु पराजय गर्न कृष्णको जस्तो क्षमता होस्,

राजा नहुषको जस्तो ऐश्वर्य बनिरहोस्,

हावाको जस्तो तीव्र गति होस्, दुर्योधनको जस्तो मान–प्रतिष्ठा होस्,

आकाशजस्तो शान्त र पराक्रमी होस्,

बलरामको जस्तो बल होस्,

कुन्तीपुत्र युधिस्ठिरको जस्तो सत्यवादीता होस्,

विदुरको जस्तो ज्ञान होस्,

नारायणको जस्तो कृति होस् ।

महिलालाई

ॐ जयत्वं देवि चामुण्डे जय भूतापहारिणि ।

जय सर्व गते देवि काल रात्रि नमोस्तुते
मधुकैठभविद्रावि विधात्रु वरदे नमः
ॐ जयन्ती मङ्गला काली भद्रकाली

कपालिनी
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते

रूपं देहि जयं देहि यशो देहि द्विषो जही
महिषासुर निर्नाशि भक्तानां सुखदे नमः । रूपं

देहि जयं देहि यशो देहि द्विषो जही
धूम्रनेत्र वधे देवि धर्म कामार्थ दायिनि। रूपं

देहि जयं देहि यशो देहि द्विषो जही

नेपाली अर्थ
तिम्रो जय होस्।

सबै प्राणीको पीडा हरण गर्ने देवी ! तिम्रो जय होस्।

सबैमा व्याप्त रहने देवी ! तिम्रो जय होस्।

कालरात्रि देवि ! तिमीलाई नमस्कार छ।

मधु र कैटभलाई संहार गर्नेवाली तथा ब्रह्माजीलाई वरदान दिने देवि १ तिमीलाई नमस्कार छ।

तिमी मलाई आत्मास्वरूपको ज्ञान देऊ,

मोहमाथि विजय देऊ, यश देऊ र काम-क्रोध आदि शत्रुहरूको नाश गर।

महिषासुरको नाश गरनेवाली तथा भक्तजनको सुख देनेवाली देवि १ तिमीलाई नमस्कार छ।

आशीर्वादमा विभिन्न प्रकारका सदिच्छा तथा शुभ भाव र कामना प्रदान व्यक्त गर्ने गरिन्छ । साधारणतयाः दुई वटा श्लोकहरू प्रचलनमा रहेको पाइन्छ । आउनुस जानौँ श्लोकको अर्थः 

ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।

अर्थः

ॐ जयन्ती (सबैभन्दा उत्कृष्ट एवं विजयशालिनी), मङ्गला (आफ्ना भक्तको जन्म–मरणको बन्धन हटाउने मङ्गलमयी), काली (प्रलयकालमा सम्पूर्ण सृष्टिलाई आफूमा समाहित गर्ने), भद्रकाली (आफ्ना भक्तहरूलाई दिनका लागि भद्र, सुख र मङ्गल स्वीकार गर्ने), कपालिनी (हातमा कपाल तथा गलामा मुण्डमाला भिरेकी), दुर्गा (अष्टांगयोग, कर्म र उपासनाबाट मात्र प्राप्त हुने दुःसाध्य), क्षमा (भक्तहरूलाई क्षमा दिने करुणामयी), धात्री (सम्पुर्ण प्रपञ्च धारण गर्ने), स्वाहा (स्वाहस्वरुप यज्ञभाग ग्रहण गर्दै देवताहरूको पोषण गर्ने) तथा स्वधा (श्राद्ध र तर्पण स्वीकर गर्दै पितृहरूको पोषण गर्ने) लगायत नामले प्रसिद्ध जगदम्बिकालाई मेरो नमस्कार छ । 

यो श्लोक दुर्गा सप्तशति (चण्डि) अन्तर्गतको अर्गला स्तोत्रबाट लिइएको हो । मार्कण्डेय पुराण अन्तर्गत सार्वणिक मन्वन्तरको देवी महात्म्यमा रहेको यस श्लोक लगायत अन्य श्लोकहरू अर्गला अर्थात मूल पाठमा प्रवेश गर्ने ताल्चा खोल्ने अर्थमा लिइन्छ । 

यो श्लोक पाठ बेगर भएको मूल पाठ अर्थहीन हुन्छ भन्ने मान्यता छ । यस श्लोकलाई मार्कण्डेयले बाचन गरेको भनिएको छ । यो श्लोक स्त्रीहरूलाई आशीर्वाद दिँदा प्रयोग गर्ने गरेको पाइन्छ । 

आयुद्र्रोणसुते श्रेयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्यर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
सौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

अर्थः 

द्रोणाचार्यका छोरा अर्थात अस्वत्थामाको जस्तो आयु होस । दशरथको जस्तै पुण्य/श्रेय होस । रामकै जसरी शत्रु विनाश गर्न सक्ने हुनु । राजा नहुष जस्तै ऐश्वर्य मिलोस । वायुको जस्तै गति होस । दुर्योधनको जस्तो मान प्रतिष्ठा मिलोस् । शान्तनुपुत्र भीष्म जस्तै सौर्ययुक्त र पराक्रमी हुनु । हलो भिरेर हिड्ने अर्थात् बलरामको जस्तो बल मिलोस् । कुन्तीका छोरा युधिष्ठिर जस्तै सत्यनिष्ठा होस् । विदुरको जस्तो बुद्धि, विवेक होस् । नारायण भगवानको जस्तै कीर्ति फैलियोस् ।

नेपाली समाजमा प्रयोगमा रहेको यो श्लोक खासमा लोक प्रयोगबाट विस्तारित भएको पाइन्छ । मूलतः राजपरिवारसँग सम्बन्धित पात्रहरूलाई जोडेर तयार भएको यो श्लोकको प्रयोग राजपरिवारमा दसैँको टीका लगाउँदा राजपुरोहितहरूले बाचन गर्ने गरेको हुन सक्ने अनुमान पनि गरिएको छ । 

यद्यपि यसबारे ठोस प्रमाण भने पाउन अप्ठेरो छ । मूलतः नेपाली समाजमा चलेको यो श्लोक पुरुषहरूलाई टीका लगाउँदा आशीर्वादको रूपमा बाचन गर्ने गरिन्छ ।

तिमी रूप देऊ, जय देऊ, यश देऊ र काम-क्रोध आदि शत्रुहरूको नाश गर।

रक्तबीजको वध र चण्ड-मुण्डको विनाश गरनेवाली देवि १