७ जेष्ठ २०८३, बिहिबार 1779401937
फिचर

पुष्पखेतीमा रमाइरहेकी उद्यमी चौधरी

२७ असोजः बाँकेका महिला पुष्पखेती गर्न उत्साहित देखिएका छन् । सीमित महिला किसानले मात्रै हात हालेको पुष्पखेतीबाट जीविकोपार्जनको आधार निर्माण हुँदै गएपछि अन्य महिला पनि उत्साहित हुँदै यसतर्फ आकर्षित हुन थालेका छन् ।

बाँकेको कोहलपुर नगरपालिका–३ स्थित सुविबी पुष्प उद्यान केन्द्रकी सञ्चालक विष्णु चौधरी पुष्पखेतीबाट आम्दानी हुन थालेपछि आफू पनि यसमा लागेको बताउनुभयो ।

उहाँले आठ वर्षदेखि पुष्पखेतीमा रमाइरहनुभएको छ । त्यसका लागि रु ६० हजारमा जग्गा भाडामा लिनुभएको छ । चौधरीका खेतमा हाल टेनिस बल र कर्मा ५५५ जातका सयपत्री प्रजातिअन्तर्गतका फूल रहेका छन् ।

कोहलपुरमा रहेको उद्यानबाट यस वर्ष कम्तीमा पाँच क्विन्टल फूल उत्पादन हुने चौधरीले बताउनुभयो । यस विषय तिहारका लागि स्थानीयले राखेका बोटमा धेरै फूल नफुलेकाले माग बढी हुने भन्दै बाहिरबाट खरिद गरेर भए पूर्ति गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । करिब १० क्विन्टल फूलको व्यापार हुने चौधरीको अनुमान छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुका महिलाहरु मखमली फूलको माला गाँस्दै । तिहार नजिकिँदै गर्दा मखमली फूलको व्यापार बढेको छ । तस्बिर ः रमेश गिरी / रासस

“मेरो खेतमा पनि यस पटक राम्ररी फूलका बिरुवा उमे्रेनन् । प्राविधिक ल्याएर काम गरेको थिए, तर ब्याडमा झार उम्रेपछि औषधि प्रयोग गर्दा धेरै बिरुवा मरे”, उहाँले भन्नुभयो ।
आफूले उत्पादन गरेको फूल दाङ, सुर्खेत, धनगढी, बुटवललगायत जिल्लामा बजारीकरण गरिएको जानकारी दिँदै चौधरीले पुष्पखेतीसँगै नर्सरी स्थापना गर्ने योजना रहेको पनि सुनाउनुभयो । नेपाल भारत सीमा क्षेत्रमा रहेकाले भारतबाट आयात हुने फूलका कारण प्रतिस्पर्धा गर्न भने समस्या हुने गरेको उहाँको गुनासो छ । “हामीले जेनतेन सीमति स्रोतसाधनका आधारमा फूलको उत्पादन गर्छांै, तर भारतबाट फूल आउँदा त्यसको प्रत्यक्ष मारमा पर्छौं”, चौधरीले भन्नुभयो ।

सयपत्री फूल टिप्दै दाङ, २८ असोजः दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गैरागाउँमा डिभाइन एग्रोफर्मले व्यवसायिक रूपमा उत्पादन गरेको सयपत्री फूल बिक्रीका लागि टिपिँदै । दाङमा सयपत्री फूल थोकमा प्रतिकिलो ५०० रुपैयाँका दरले बिक्री भइरहेको फूल व्यवसायीहरू बताउँछन् । तस्बिरः कुलदीप न्यौपानेरासस

हाल यहाँ प्रतिकिलो रु ४०० मा फूल बिक्री भइरहेको छ । फ्लोरीकल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी विन्दु चर्तीमगरले सीमापारिबाट आउने अवैध फूलमाला रोक्न नसक्दा स्थानीय उद्यमी मारमा परिरहेको बताउनुभयो । यसरी अवैध रूपमा आउने प्लास्टिकलगायत फूलमालाको स्थानीय प्रशासनबाट नियमन हुनुपर्ने उहाँको भनाइ छ ।

फूलखेती घोराही-दाङ_२४ असोजM दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेमा लोकेन्द्र रोका मगरले व्यfवसायिक रुपमा गर्नु भएको फूलखेती । उहाँले यो वर्ष तीन बिघा क्षेत्रफलमा फूल खेती गर्नु भएको छ । तस्बिरM सुशीला ओलि÷रासस

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख विनोद घिमिरेले पुष्पखेती गर्ने किसान बाँकेमा सीमित सङ्ख्यामा रहेको उल्लेख गर्दै पुष्पखेतीका लागि सरकारले पनि सहजीकरण गरिरहेको बताउनुभयो । गत वर्षको विवरणअनुसार बाँकेमा १७ जना महिला किसान यस व्यवसायीक पुष्पखेतीमा संलग्न रहेका उहाँले बताउनुभयो ।