काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुर महानगरपालिकाको प्रशासनिक भवनको समुद्घाटन गरेका छन् । आज बिहान उनले सो भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा ललितपुरका विभिन्न जनप्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो । नयाँ भवन अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधी रहेको बताइएको छ ।


