२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 9:19 am
अर्थ

सुनको मूल्य आज पनि घट्यो,चाँदी तोलाको ३ हजार ६०० पुग्यो

सूचना प्रेस २०८२ मंसिर २३ मंगलबार ००:००, १४:०९ बजे १ मिनेट पढाइ

काठमाडौं, मंसिर २३।  नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ। अघिल्लो दिन सोमबार ७ सय रुपैयाँले बढेको सुन आज १ हजार रुपैयाँले घटेको हो

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ हजार रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ५१ हजार ९०० कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य घटे पनि चाँदी भने महंगिएको छ। आज १५ रुपैयाँले बढेर चाँदी प्रतितोलाको ३ हजार  ६ सय पुगेको छ। सोमबार एक तोला चाँदी ३ हजार ५  सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।