२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 4:21 am
अर्थ

२४ घण्टामा ६०८ जना चालक ट्राफिक कारबाहीमा

सूचना प्रेस २०८३ कार्तिक १८ बुधबार ००:००, ०९:४४ बजे १ मिनेट पढाइ

काठमाडौं : ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६०८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७९, सिसिटिभिमार्फत ३५, रातोबत्तीमा २३ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ५८, हर्न निषेधमा १३, लेन क्रसमा ८ एकतर्फीमा २ र अन्यमा ३६९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।