२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 8:51 am
अर्थ

सुनको भाउ बढ्यो, चाँदी इतिहासकै उच्च

सूचना प्रेस २०८२ मंसिर २४ बुधबार ००:००, १२:४६ बजे १ मिनेट पढाइ

काठमाडौँ ।  आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५२ हजार १ सय रुपैयाँ पुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १६ हजार १३५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि आज तोलामा एकैपटक १५० रुपैयाँले बढेर प्रतितोला ३ हजार ७ सय ५० रुपैयाँ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार २ सय १५ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा तोकिएको चाँदीको भाउ हालसम्मकै उच्च हो ।