८ जेष्ठ २०८३, शुक्रबार 1779448847
Banner

एमाले महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र इश्वर पोखरेलले पहिलो मतदान गर्दै मतदान प्रक्रिया सुरु भएको हो ।

बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी सुरु भएको हो । मतदानका लागि नेता कार्यकर्ताको लामो लाइन लागेको छ ।

यसअघि मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण आज मात्र मतदान भएको हो ।