कठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । हालसम्म ३१२ मत खसेको छ ।
एकजनालाई मतदान गर्न ४० मिनेटसम्म समय लागेको छ । जसले गर्दा मतदान सकिन कम्तिमा १० घण्टा लाग्ने अनुमान गरिएको छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिष्पर्धामा उत्रिएका छन् ।


