काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा अहिलेसम्म ७ सय ३० मत खसेको छ । राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा ७ सय ३० मत खसेको हो ।

निर्वाचनमा दिउँसो साढे चार बजेसम्म लगभग एक तिहाई मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए ।
एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् । यसअघि ५ बजेसम्म निर्धारण गरिएको समय संशोधन गर्दै ८ बजेसम्म पुर्याइएको छ । ८ बजेसम्म मतदानस्थल भित्र प्रवेश गरेका प्रतिनिधिले भोट हाल्न पाउने छन् । अहिले ८० वटा विद्युतीय मेसिनमार्फत् मतदान जारी छ ।


