८ जेष्ठ २०८३, शुक्रबार 1779497537
समाचार

एमाले बन्दसत्रस्थलमा विशेष सरसफाई

काठमाडौं । नेकपा (एमाले)ले आयोजना गरेको ११ औं महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपमा काठमाडौं महानगरपालिकाले विशेष सरसफाई गरिरहेको छ ।

महाधिवेशनअन्तर्गत मतदानमा प्रयोग भएका प्रचारप्रसारका सामाग्रीहरु लगायत फोहोरहरु महानगरले व्यवस्थित गरिरहेको छ । महानगरले सडक, खुला क्षेत्र तथा कार्यक्रमस्थल वरपरको फोहोर व्यवस्थापन र सरसफाई तीव्र बनाएको हो ।