काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु बाइसधारामा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची घर भएर बसुन्धारा बस्ने २१ वर्षीय सागर खड्का छन् ।
गएराति साढे १० बजेतिर बागमती प्रदेश–०१–००६ ख ३४५४ नम्बरको टिप्परले लु ५९ प ७०६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा खड्का गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार अर्का युवक अर्घाखाँची घर भएका २२ वर्षीय लक्ष्मण राउत घाइते भएका छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । टिप्पर चालक फरार छन् ।


