४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 6:24 am
पर्यटन

पाथीभराको भेटी एक करोड छ लाख रुपैयाँ

सूचना प्रेस २०८३ जेष्ठ १ शुक्रबार ००:००, २१:०१ बजे १ मिनेट पढाइ

फुङ्लिङ (ताप्लेजुङ)- पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ लाख २८ हजार भेटी सङ्कलन भएको छ ।

वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् । गत चैतमा ५८ लाख ५७ हजार ५०० र फागुनमा ३१ लाख १० हजार रुपैयाँ सङ्कलन भएको थियो ।