काठमाडौं । नेकपा (एमाले) बाँके क्षेत्र नम्बर १ ले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि केन्द्रीय सदस्य सूर्य ढकालको एकल नाम सिफारिस गरेको छ ।
आज बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले ढकालको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, क्षेत्र नम्बर ३ ले पनि पूर्वमन्त्री दलबहादुर सुनारको एकल नाम सिफारिस गर्दा क्षेत्र नम्बर २ ले जिल्ला अध्यक्ष निरक गुरुङ, कृष्णप्रसाद श्रेष्ठ र अछरी पोख्रेलको नाम सिफारिस गरेको छ ।


